१६ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ।
खेलकुद क्षेत्रको अनुसन्धान, तालिम, प्रविधि तथा समग्र विकास र विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यका साथ खेलकुद विकास महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
बैठकको निर्णय नं. ३ विविध (ख) अनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम गठित कार्यदलले ४५ कार्य दिनभित्र कार्य सम्पन्न गरी कार्यविधिको मस्यौदा पेश गर्नु पर्नेछ।
कार्यदलको संयोजक खेलकुद विकास महाशाखाका सहसचिव रहेका छन्। सदस्यहरूमा डा. मधुसुदन सुवेदी (रा.खे.प.), श्री सुशिल नरसिंह राणा (खेलविज्ञ) र श्रीमती सुलोचना सिजख्वा (खेलविज्ञ, रा.खे.प.) रहेका छन् भने नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक सचिवको भूमिकामा रहनेछन्।
प्रतिक्रिया 4