+
+
Shares

‘निराशाको खेती बढी भइरहेको छ, यसले राष्ट्रलाई कमजोर बनाउँछ’

मन्त्री पाण्डेले निराशाको खेतीले राष्ट्र र समाजलाई कमजोर बनाउने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १७:३०

१६ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिले आशाभन्दा बढी निराशाको सम्प्रेषण भइरहेको बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले निराशाको खेतीले राष्ट्र र समाजलाई कमजोर बनाउने बताए ।

उनले यस प्रकारका प्रचारबाजीले सबैलाई खलपात्रका रूपमा चित्रण गरिरहँदा युवाको जमातमा नकारात्मक प्रभाव पर्ने र मुलुक बन्दैन भनेर विदेश पलायन हुने अवस्था बढ्ने र झन् मुलुक निर्माणमा समस्या थपिने बताए ।

मन्त्री पाण्डेले सबै राजनीति र सामाजिक क्षेत्रमा स्वच्छ मानिसको खोजी भइरहेको र अब गुणस्तरीय काम गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारे ।

उनले भने, ‘समाजमा अहिले आशा भन्दा बढी निराशाको खेती भइरहेको जस्तो देखिएको छ । यसले हाम्रो राष्ट्र र समाजलाई कमजोर बनाइरहेको छ । हामी प्रौढ अवस्थामा प्रवेश गरिसकेकाहरू पनि कुरा गर्छौं यो देश बन्दै बन्दैन जे भइरहेको छ सबै नराम्रो भइरहेको छ र जति छौं हामी सबै खलपात्रको रूपमा छौं भनेर चित्रण गर्न थाल्ने हो भने भर्खर किशोरावस्थामा प्रवेश गरेकाहरू यो देश बन्दैन भनेर भाग्न खोज्छन्, पलायन हुन खोज्छन् । त्यसो हो भने त झन् यो देश बन्दै बन्दैन ।’

उनले मुलुक संघीयतामा गए पनि बजेट बनाउने समयमा भने वडादेखि पालिकासम्मका योजना मन्त्रालयमै आउने भएकाले जटिलता कायमै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?