+
+
Shares

सांसदहरू भन्छन्– दिगो विकासका लागि सुशासन आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १८:३८

१६ वैशाख, काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले दिगो विकास लक्ष्य कार्यान्वय गर्न असल अभ्याससँगै सुशासनलाई ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दिगो विकास उपसमितिको मंगलबार बसेको बैठकमा उनीहरूले यस्तो बताएका हुन् ।

उपसमितिले सिंहदरबारमा ‘दिगो विकास लक्ष्य कार्यान्वयनमा नेपालले अवलम्बन गरेका असल अभ्यासहरू बारे’ छलफल राखेको थियो । त्यसलाई सम्बोधन गर्दै मूल समितिका सभापति कमलादेवी पन्तले दिगो विकास लक्ष्य कार्यान्वयनमा मुख्य गरेर उत्पादन, उत्पादकत्व र रोजगारीका कुरामा ध्यान दिनुपर्ने बताइन् ।

कार्यान्वयनको पाटो कमजोर भयो भने लक्ष्य प्राप्त गर्न नसकिने भन्दै उनले सुशासनमा पनि ध्यान दिन आवश्यक रहेको बताइन् ।

उपसमितिका संयोजक डा. अन्जान शाक्यले राष्ट्रिय योजना आयोगले योजना बनाउँदा दिगो विकासका सबै लक्ष्यहरूमा क्रमवद्ध रूपमा स्थानीय तह, प्रदेश र केन्द्रबाट असल अभ्यास के–के भइरहेका छन् भन्ने कुरालाई आधार मानेर बनाउनुपर्नेमा जोड दिए ।

‘आगामी दिनमा योजना बनाउँदा युवाहरूलाई रोजगारीसँग जोड्ने, उनीहरूलाई उद्यमशील बनाउने, खोज–अनुसन्धानमा प्रयत्नशील बनाउने र उनीहरूको सीप विकास गराउनेमा ध्यान दिन आवश्यक छ,’ उनले भनिन् ।

समितिका सदस्य वामदेव गौतमले योजना आयोगले दिगो विकास लक्ष्यका लागि सबै योजनाहरू बनाइसकेको रहेछ भन्दै त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?