
१६ वैशाख, काठमाडौं। माछापुच्छ्रे बैंकले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग एक औपचारिक सम्झौता गरेको छ । बैंकले विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यसाथ उक्त सम्झौता गरेको जनाएको छ ।
रेमिट्यान्स सम्बन्धी उक्त सम्झौतापत्रमा सीबीएल मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि अब मलेसियामा रहेका नेपालीले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरका १५ शाखा र सीबीएल मनी ट्रान्सफरको सिटी रेमिट एपबाट ‘एमबीएल रेमिट’ गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १ सय ६५ शाखा, ९९ शाखारहित सेवा र ११ एक्स्टेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत नेपालभरि सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
त्यस्तै सीबीएल मनी ट्रान्सफर र सिटी रेमिट एपबाट एमबीएल रेमिट गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ । मलेसियामा रहेका नेपाली कामदारको सुविधाका लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप ‘एमबीएल एम–स्मार्ट’ सेवा पनि उपलब्ध गराएको छ ।
माछापुच्छ्र्रेले हाल २ सय ७५ स्थानमा रहेका १ सय ६५ शाखा, ९९ शाखारहित, ११ एक्स्टेन्स काउन्टर र २ सय ४ एटीएमबाट १७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।
प्रतिक्रिया 4