+

शरीरमा हुने पाँच तत्व कुन-कुन हुन ? कसरी सन्तुलित पार्ने ?

२०८२ वैशाख  १६ गते १८:०४ २०८२ वैशाख १६ गते १८:०४
शरीरमा हुने पाँच तत्व कुन-कुन हुन ? कसरी सन्तुलित पार्ने ?

पृथ्वी, पानी, अग्नि, वायु र आकाश । यी पाँच तत्व मिलेर मानव शरीर बन्छ । शरीरलाई निरोगी र दीर्घायु बनाउन यी तत्व सन्तुलनमा रहन आवश्यक छ । यिनलाई सन्तुलनमा राख्नका लागि यसको उचित मात्रा उपभोग गर्नु आवश्यक छ ।

१. पृथ्वी तत्व

यो तत्व सबै प्रकारका अन्न, दाल र चामल लगायतबाट प्राप्त हुन्छ । पृथ्वी तत्वलाई पचाउन सबैभन्दा बढी ऊर्जा चाहिन्छ, अन्यथा शरीरमा विकार उत्पन्न हुने सम्भावना रहन्छ।

२. जल तत्व

यो तत्व पानी तथा सबै प्रकारका तरकारी र सागसब्जीबाट प्राप्त गर्न सकिन्छ । विशेषगरी जमिनमाथि उब्जने तरकारीहरू जस्तै, लौका, फर्सी, बन्दा, काउली, तोरी, सागपातका साथै जमिनमुनि उब्जने तरकारीहरू जस्तै आलु, गाजँर, मूला, सखरखण्ड वा पिँडालु पर्छन् ।

३. अग्नि तत्व

यो तत्व मुख्य रूपमा फलहरूमा पाइन्छ । फलहरू सूर्यको तापले पाक्छन्, जसले गर्दा तिनमा रङ र मिठास हुन्छ । फलहरू दुई प्रकारका हुन्छन् । एउटा, रसदार फल । जसमा रस बढी हुन्छ, तर पोषक तत्व कम हुन्छ । अर्को, गुदायुक्त फल पाइन्छ । जसमा रस कम हुन्छ, तर पोषक तत्व बढी हुन्छ ।

४. आकाश तत्व

प्रत्येक तत्व प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सेवन गरिन्छ । यो आवश्यक पनि हुन्छ, तर आकाश तत्वलाई सेवन गर्न सकिँदैन । यो तत्व केवल उपवास गरेर मात्र प्राप्त गर्न सकिने विश्वास छ ।

५. वायु तत्व

यो तत्व विशेष रूपमा पातहरूमा पाइन्छ । हामीले अप्रत्यक्ष रूपमा श्वासमार्फत पनि प्राप्त गर्न सक्छौँ । यी पाँच तत्व यहीँ उपलब्ध छ । तर, त्यही व्यक्ति बढी स्वस्थ, चुस्त दुरुस्त हुन्छन् जसले यसलाई उपभोग गर्न जानेका छन् । यसलाई उपभोग गर्न भने यिनको सन्तुलन मिलाउन सक्नुपर्छ ।

पाँच तत्व सन्तुलित पार्ने केही नियम छन् ।

जस्तो कि,

१. सूर्योदयअघि ब्रह्ममुहूर्तमा उठ्ने

बिहान सूर्योदयअघि उठेर खुट्टाको कुर्कुच्चा उचालेर एकदेखि पाँच गिलास पानी पिउनुहोस् । यसरी कुर्कुच्चा उचालेर पानी पिउँदा शरीर तन्किन्छ, आन्द्रा खुल्छन् र पानी आन्द्रामार्फत अगाडि बढ्छ, जसले मलशुद्धि सजिलै हुन्छ ।

यो मस्तिष्क, स्वास्थ्य र दीर्घायुका लागि अत्यन्त आवश्यक छ ।

२. प्राणायाम वा व्यायाम

पानी पिएपछि कम्तिमा १५ मिनेट छाती फुलाएर प्राणायाम वा शारीरिक व्यायाम गर्नुपर्छ । जस्तै तीव्र गतिमा हिँड्ने, दौडने, पौडी खेल्ने आदि । यो फोक्सोको स्वास्थ्य र सामान्य रक्तसञ्चारका लागि अत्यावश्यक छ ।

३. बिहान १० बजेसम्म ठोस आहार नलिने

सूर्य उदाएर आकाशमाथि नआउन्जेलसम्म (बिहान १० बजे)सम्म भारी आहार नलिने । गर्मीमा लस्सी, बदामको वा मौसमी फलहरू लिन सकिन्छ । जाडोमा थोरै तातो दूध वा बदाम÷छुहारा मिसाएको दूध लिन सकिन्छ ।

४. दिउँसोको खाना

बिहान १० बजेदेखि १ बजेसम्म नियमित रूपमा खाना खाइसक्ने । जसमा रोटी, दाल, तरकारी, चामल, दही, सलाद लगायतको सात्त्विक पदार्थहरू समावेश गर्न सकिन्छ ।
प्रत्येक गाँसलाई राम्ररी लगभग ३२ पटक चपाएर खानुपर्छ । र, भोकभन्दा अलि कम खानुपर्छ । रगत वृद्धि र राम्रो पाचनशक्तिका लागि यो आवश्यक छ ।

५. खानापछि विश्राम

खाना खाएपछि केही समय विश्राम गर्न सकिन्छ । त्यसका लागि मन शान्त राख्ने, मानसिक तनाव, रिस वा चिन्ताबाट बच्ने र प्रसन्न रहने प्रयास गर्न सकिन्छ । यो समयमा कुनै पनि नशालु पदार्थको सेवन नगर्नु उचित हुन्छ । मानसिक स्वास्थ्य, उच्च÷निम्न रक्तचाप र मुटुरोगबाट बच्न यो आवश्यक छ ।

६. सन्तुलित जीवनशैली

जीवनलाई सामान्य राख्न आवश्यक भन्दा बढी भोजन, कुराकानी, अनावश्यक समय विताउने वा पैसा खर्च गर्ने बानीबाट बच्नुहोस् ।

७. अंकुरित गेडागुडी

सम्भव भएसम्म टुसा उमारिएका खानेकुरा बढी खानुपर्छ । अंकुरित खानेकुरामा भिटामिन र अन्य पोषक तत्वहरू प्रशस्त हुन्छन् । यिनमा रुखोपन हुन्छ, जसले मलशुद्धिमा सहयोग गर्छ । चपाउँदा दाँत, गिजा र मस्तिष्कलाई फाइदा पुग्छ ।

८. तरकारी र सागसब्जी

तरकारीमा प्रशस्त भिटामिन हुन्छ, जसले सजिलै खानेकुरा पचाउँछ । तरकारीलाई काट्नुअघि राम्रोसँग पखाल्नुपर्छ । किनभने काटिसकेपछि धुँदा पानीमा घुल्ने भिटामिन–सी र भिटामिन–डी नष्ट हुन सक्छन् ।

त्यस्तै, तरकारी उमाल्दा ७० प्रतिशत प्रोटिन कडा हुन्छ, जसलाई पचाउन आन्द्रालाई धेरै मेहनत गर्नुपर्छ ।

९. आकाश तत्वको महत्व

पाँच तत्वहरूमध्ये आकाश तत्व सबैभन्दा लाभकारी र महत्त्वपूर्ण छ । किनभने यो अन्य चार तत्वहरूको उत्पत्तिको आधार हो । पृथ्वी, सूर्य, चन्द्रमा र सूर्यभन्दा सयौँ गुणा ठूला पिण्डहरू आकाश तत्वबाटै बनेका छन् ।

आकाश तत्व यी पिण्डहरूभन्दा पहिले अस्तित्वमा थियो । सृष्टिको निर्माणमा आकाश तत्वको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । वास्तवमा, आकाश तत्व अन्य चार तत्वहरूको माता पनि भन्ने गरिन्छ ।

आकाश तत्वले सबै जीवका शरीरमा अन्य तत्वहरूलाई स्थान दिन्छ । त्यसैले, आकाश तत्व जति बढी हुन्छ, शरीरको कार्य त्यति सहज हुन्छ । आकाश तत्व बढाउन उपवास सर्वश्रेष्ठ साधन मानिन्छ ।

१०. उपवास र शरीरको सफाइ

जसरी कोठा सफा गर्न राम्रा र सफा सामानहरू बाहिर निकालेर मात्र सफाइ गरिन्छ । त्यसैगरी शरीर सफा गर्न राम्रो र स्वादिष्ट खाना छोड्नु आवश्यक छ । त्यसका लागि उपवास गर्नु उचित हुन्छ ।

बिहान जीवनीशक्ति शरीरको सफाइमा लागिरहेको हुन्छ । त्यसैले, त्यतिबेला पानी, कागती, मह वा पेय पदार्थबाहेक अन्य चीज ग्रहण सकेसम्म नगरेको राम्रो हुन्छ ।

आहारको दृष्टिकोणले पृथ्वी तत्व र आकाश तत्व एकअर्काका विरोधी हुन् । त्यसैले, आकाश तत्व बढाउन अन्न (रोटी, चामल, दाल आदि) को सेवन कम गर्नुहोस् । र, दिनमा एक पटक मात्र खान सकिन्छ । पृथ्वी तत्व बढ्दा जीवनीशक्ति घट्छ । आकाश शक्ति बढ्छ ।

उपवास एक यस्तो ब्रह्मास्त्र हो, जुन कुनै रोग निको नहुँदा वा सबै चिकित्सा उपाय असफल हुँदा प्रयोग गरिन्छ ।

पुर्वीय दर्शनले मात्र होइन । विज्ञानले पनि यसै भन्छ ।

वैज्ञहरूले पनि क्यान्सरग्रस्त मुसालाई केही दिन भोकै राख्दा क्यान्सरको वृद्धि रोकिएको र केही समयपछि ती मुसा क्यान्सरबाट पूर्णरूपमा मुक्त भएको पुष्टि समेत गरेका प्रमाणहरू छन् ।

कुनै समस्या भए चिकित्सकको ध्यान विभिन्न रोगहरूमा गएको छ । जबकि पेटमा जम्मा भएको फोहोरले नै अन्य समस्याहरू निम्त्याउँछ। रोगको मुख्य घर नै पेट हो ।

योगशास्त्रमा भनिएको छ-‘सर्वरोगाः मलाशयः’ अर्थात् सबै रोगहरू मलाशयमा जम्मा हुन्छन् । धेरै एलोप्याथिक चिकित्सकले यो तत्व बुझेका छन् । बिरामी हुँदा आफू वा आफ्ना परिवारलाई औषधि नखुवाई उपवासको आधारमा उपचार गर्छन् ।

पेट सफा राख्ने संसारमा अहिलेसम्म कुनै औषधि बनेको छैन । यदि केही छ भने, त्यो आहारमा परिवर्तन मात्र हो । औषधिबिना, केवल आहार नियन्त्रण मार्फत धेरै रोगहरू निको पार्न सकिन्छ ।

आयुर्वेद पञ्चतत्वको सिद्धान्त शरीर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय