+
+
Shares

शिक्षक महासंघको बैठक लम्बिँदा सरकारसँगको वार्तामा ढिलाइ

शिक्षक महासंघका एक सदस्यका अनुसार दिउँसैदेखि बैठक बसिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १९:२०

१६ वैशाख, काठमाडौं । शिक्षक महासंघको बैठक लम्बिँदा सरकारसँगको वार्तामा ढिलाइ भएको छ । शिक्षक महासंघका एक सदस्यका अनुसार दिउँसैदेखि बैठक बसिरहेको छ ।

सरकारसँगको वार्तामा आफ्ना कुरा के–के राख्ने तथा आन्दोलनलाई के गर्ने भन्नेमा महासंघले धारणा बनाउन बैठक बसिरहेको हो ।

‘बैठक जारी छ । बोल्ने क्रम सकिएको छैन,’ बैठकमा सहभागी एक शिक्षक नेताले भने, ‘आन्दोलनलाई कसरी लैजाने भन्नेमा फरक फरक मत आइरहेको छ । एउटै धारणा बनाएर वार्तामा जाने तयारी छ ।’

शिक्षा मन्त्रालयका अधिकारीका अनसार मन्त्री रघुजी पन्त शिक्षक नेतालाई कुरिरहेका छन् । ‘शिक्षक महासंघका प्रतिनिधि आउनुभएको छैन । मन्त्रीज्यू उहाँहरूलाई कुरिरहनुभएको छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

सोमबार राति भएको वार्ता सकारात्मक भएको भनिएको थियो । मंगलबारको वार्तामा सहमति गर्ने भनिए पनि अहिलेसम्म शिक्षक नेताहरू वार्ताको लागि गएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?