+

कविता र सम्झनाको अर्धशतकका बाबजुद दिल्लीसँग नेपालको दोस्रो हार

२०८२ वैशाख  १६ गते २०:५२ २०८२ वैशाख १६ गते २०:५२
कविता र सम्झनाको अर्धशतकका बाबजुद दिल्लीसँग नेपालको दोस्रो हार

१६ वैशाख, काठमाडौं । आईसीसी महिला टी२० विश्वकप एसिया छनोटअघिको अन्तिम तयारीका लागि भारत पुगेको नेपाली महिला क्रिकेट टोलीले दिल्लीसँगको दोस्रो अभ्यास खेलमा पनि हार बेहोरेको छ ।

कविता कुँवरले ५८ तथा सम्झना खड्काले ५० रन बनाएपनि नेपाल दिल्लीसँग ११ रनले पराजित भएको हो । दिल्लीले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १५३ रन बनाएको थियो । प्रिया पुनियाले ५६ तथा आयुषी सोनीले ३२ तथा नजमा खानले २६ रन बनाइन् ।

नेपालका लागि राजमती ऐरीले २ विकेट लिँदा पुजा महतो र कप्तान इन्दु बर्माले १-१ विकेट लिए ।

पहिलो अभ्यास खेलमा नेपाल ३८ रनले पराजित भएको थियो ।

नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय