+
+
Shares

यी हुन् शिक्षकले मन्त्रिपरिषद्‌बाट खोजेका निर्णय

महासंघका एक पदाधिकारीका अनुसार शिक्षा मन्त्रालय र महासंघको सहमतिमै तयार पारिको प्रस्ताव हो । यो ९ बुँदे मन्त्रिपरिषद्बाट पारित भएमा आन्दोलनको स्वरुप फेर्न महासंघ तयार भएर वार्तामा सहभागी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते २२:०७
फाइल फोटो ।

१६ वैशाख, काठमाडौं । सरकार र शिक्षक महासंघबीच वार्ता जारी छ । शिक्षा मन्त्रालयमा जारी वार्तामा सहमतिको प्रयास भइरहेको छ ।

स्रोतका अनुसार शिक्षक महासंघले ९ बुँदे प्रस्ताव सरकारलाई बुझाएको छ । ९ बुँदे र यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले तयार गरेको ७ बुँदेमा टेकेर सहमतिको प्रयास भइरहेको छ ।

महासंघका एक पदाधिकारीका अनुसार शिक्षा मन्त्रालय र महासंघको सहमतिमै तयार पारिको प्रस्ताव हो । यो ९ बुँदे मन्त्रिपरिषद्बाट पारित भएमा आन्दोलनको स्वरुप फेर्न महासंघ तयार भएर वार्तामा सहभागी भएको छ ।

‘मन्त्रिपरिषद्बाट ९ बुँदे पास भयो भने आन्दोलनको स्वरुप फेरिन्छ,’ ती पदाधिकारीले भने । आन्दोलनको नयाँ स्वरूप कस्तो हुने भन्ने खुलाइएको छैन ।

त्यसैगरी, सभामुख र प्रमुख दलका सचेतकले ऐन जारी गर्ने समय सीमा पनि तोक्नुपर्ने सर्त महासंघको छ । ‘संसद्बाट ऐन जारी हुने सुनिश्चितता पनि हुनुपर्छ । सुनिश्चितता भयो भने आन्दोलनको स्वरुप फेरिन्छ,’ ती पदाधिकारीले भने ।

शिक्षक महासंघका पदाधिकारीलाई सुनिश्चितता जनाउन वार्तामा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन् ।

यी हुन् महासंघले मन्त्रिपरिषद्बाट निर्णय गराउन खोजेका विषय :

–विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब
–सामाजिक सुरक्षा कोष
–दुर्गम भत्ता
–ग्रेड समायोजन
–मर्यादा क्रम
–अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था
–निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने ।

यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले यिनै विषय समावेश गरेर ७ बुँदे तयार गरेकी थिइन् । जसको लागि सरकारको ८ अर्ब रुपैयाँ खर्च हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?