+
+
Shares
संगीत :

सुशान्त केसीको हिन्दी गीत ‘उफ्’ युट्युब म्युजिकको ‘ग्लोबल ट्रेन्डिङ’मा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते २२:४८

काठमाडौं । सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को हिन्दी संस्करण ‘उफ्’ युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । रिलिजको दुई दिनमै यो गीत मंगलबार बेलुका ‘युट्युब म्युजिक’को ‘ग्लोबल टप म्युजिक भिडियोज्’को सूचीमा समावेश भएको हो ।

समाचार लेख्दासम्म उक्त गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा  २४ औं स्थानमा छ । यो गीतलाई भारतीय म्युजिक लेबल टि सिरिजले सोमबार मात्र सार्वजनिक गरेको हो । यो गीत भारत, अस्ट्रेलिया, बेलायत, युएई, कतार, नेपालसहितका मुलुकको कन्ट्री ट्रेन्डिङमा पनि छ ।

तर, युट्युबको शीर्ष १०० म्युजिक भिडियो अर्थात ग्लोबल ट्रेन्डिङमा भने आइसकेको छैन । ‘युट्युब म्युजिक’ युट्युबको सशुल्क संगीत प्लाटफर्म हो ।

सुशान्तको उक्त गीतको नेपाली भर्सन ‘बार्दली’ पनि युट्युबको ग्लोबल ट्रेन्डिङ र युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समावेश भैसकेको छ ।

दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ अहिले पनि युट्युबको ग्लोबल ट्रेन्डिङ र युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा छ । रोचक कुरा के छ भने, ग्लोबल ट्रेन्डिङमा अहिले सुशान्त र दुर्गेशको प्रतिस्पर्धाजस्तै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?