+
+
Shares

शिक्षक महासंघको ९ बुँदे प्रस्ताव, भोलि टुंग्याउने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते २३:०६

१६ वैशाख, काठमाडौँ । २८ दिनदेखि आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ ।

मंगलबार अबेर रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति बिनै टुंगिएको हो।

शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्‌बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ ।

‘हामी सहमतिको नजिक पुगेका छौ । भोलि बिहान महासंघको बैठक बसेर आन्दोलनको मोडालिटीबारे निर्णय गर्छौं,’ महासंघ महासचिव तुलाबहादुर थापाले भने, ‘हाम्रो मागहरू ९ बुँदामा पेश गरेका छौँ। वार्ता भोलि टुंगो लाग्छ ।’

उनका अनुसार कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुनेछ ।

लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन ।

यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले यिनै विषय समावेश गरेर ७ बुँदे तयार गरेकी थिइन् । जसको लागि सरकारको ८ अर्ब रुपैयाँ खर्च हुने थियो ।

यी हुन् ९ बुँदेमा रहेका विषय :

-विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब
-सामाजिक सुरक्षा कोष
-दुर्गम भत्ता
-ग्रेड समायोजन
-मर्यादा क्रम
-अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था
-निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने ।
-राहत शिक्षक लगायत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?