+
+
Shares

करको दायरामा आउन होटल तथा पर्यटन व्यवसायीलाई वीरगञ्ज महानगरको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १५:०१

२४ वैशाख, काठमाडौं । वीरगञ्जको विकासका लागि कर तिरेर आफ्नो जिम्मेवारी पूरा गर्न वीरगञ्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीसँग आग्रह गरेको छ ।

बुधबार होटल तथा पर्यटन व्यवसायीसँगको छलफलमा मेयर राजेशमान सिंहले वीरगञ्ज महानगरभित्र सञ्चालित होटल तथा पर्यटन व्यवसायीहरूलाई करको दायरामा आउन आग्रह गरेका हुन् ।

छलफलमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले अधिकांश होटल तथा पर्यटन व्यवसायीहरू करको दायरामा आइसकेको भन्दै बाँकी रहेका व्यवसायीहरू पनि करको दायरामा आउन सकारात्मक रहेको सुनाए ।

अध्यक्ष पन्तले होटल तथा पर्यटन व्यवसायीहरू वीरगञ्जको विकासका लागि महानगरसँग सहकार्य गर्न तयार रहेको बताए ।

कर तिर्नु व्यवसायीहरूको दायित्व भएको भन्दै उनले सबै व्यवसायीहरूलाई अनिवार्यरूपमा करको दायरामा आउन उनले आग्रह समेत गरे ।

छलफलमा महनगरका उपप्रमुख इम्तियाज आलम, कर शाखाका अधिकृत, होटल तथा पर्यटन व्यवसायी संघका पदाधिकारी लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?