+
+
Shares

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते ६:३९

२६ वैशाख, काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा ड्यामसाइड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुटवलतर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको टिपरको टायर पन्चर हुँदा अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको थियो ।

विहीबार बेलुकी साढे ६ बजेतिर भएको दुर्घटनामा टिपर चालक रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने अन्दाजी २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।

उनलाई घटनास्थलबाट उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?