+
+
Shares

पनौतीदेखि-नमोवुद्धसम्म शान्ति पदयात्रा हुने, प्रथम राष्ट्रपति यादवले उद्घाटन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते १२:५७

२७ वैशाख, काभ्रेपलाञ्चोक । बुद्ध जयन्तीको अवसर पारेर आगामी वैशाख २९ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ ।

‘काभ्रेको लागि केही गरौं’ भन्ने मुल नाराका साथ २०६९ सालमा स्थापना भएको काभ्रे सेवा समाजको आयोजनामा विश्व सम्पदा सूचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाइला टेकेको नमोवुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो ।

उक्त शान्ति पदयात्राको पनौतीमा आयोजित कार्यक्रममा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समुदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

बागमती प्रदेश अन्तर्गत काठमाडौं पर्यटन कार्यालयको मुख्य सहयोग, काभ्रेका स्थानीय पालिकाहरुको सहयोग तथा विभिन्न साझेदारहरुको सहयोगमा शान्ति पदायात्रा आयोजना गर्न लागेको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए ।

विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउदै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वर्धन गर्ने उद्देश्य सहित शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिएको हो ।

उनका अनुसार, पनौतीको मानेश्वरीबाट रिवन काटी शान्ति पदयात्रा सुरु गर्ने र सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै नमोबुद्घमा पुगेर टुंगिनेछ । पनौतीदेखि नमोवुद्धसम्मको ९.५ किलोमिटर दूरी छ ।

बुद्ध जयन्तीको दिन पारेर आयोजना गरिने यो कार्यक्रम विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवर्द्धनमा सहयोग गर्नुका साथै आन्तरिक र वाह्य पर्यटन प्रवर्द्धनका लागि पनि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ ।

समाजका अनुसार, पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज, पत्रकार लगायतका क्षेत्रका प्रतिनीधिहरुसहित करिब एक हजार जना सहभागी हुने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?