+
+
Shares

पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते ९:४५
विष्णुप्रसाद पन्थी (बायाँतर्फ पहिलो- रातो कोट)

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थीलाई एक वर्षअघि पक्राउ पुर्जी जारी भए तापनि उनी सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन्।
  • पन्थीविरुद्धको पक्राउ पुर्जी विभिन्न प्रहरी युनिटमा पुगेको भए पनि उनी राजनीतिक पहुँचको कारण प्रहरीको नजरबाट टाढा छन्।
  • उनी र उनका साझेदारविरुद्ध विद्युतीय सामग्रीको उधारो रकम नतिरेको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो।

२९ वैशाख, बुटवल । एक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित छन् ।

पक्राउ पुर्जी जारी भए पनि प्रदेश सभा र सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका उनी आज बुद्ध जयन्तीको कार्यक्रममा आसनग्रहण गरिरहेका छन् । तर, प्रहरीको नजर परेको छैन ।

एक वर्षयता उनीविरुद्धको पक्राउ पूर्जी भने प्रहरी कार्यालयमा घुमेको घुम्यै छ ।

जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी युनिटमा पुगेको छ । तर, राजनीतिक पहुँचका आधारमा उनी प्रहरीको नजरमा परेका छैनन् ।

पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रा. लि. काठमाडौंलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको तर रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?