+
+
Shares
कला प्रदर्शनी :

आर्ट काउन्सिलमा ‘पेटका केही कुरा’ विषयक कला प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १४:४५

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • प्रदर्शनीले पुस्तौंदेखिको आमाछोरीको सम्बन्ध र संस्कृति, अनुभव र विफलताको अध्ययन गर्दछ।
  • यस प्रदर्शनीमा नेपाली र बेलायती कलाकारहरूले आमालाई बुझ्ने र बुझिनको प्रयासलाई चित्रण गरेका छन्।
  • प्रदर्शनी २० बैशाखदेखि २ जेठसम्म काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा सञ्चालन हुँदैछ।

काठमाडौं । बबरमहलस्थित आर्ट काउन्सिलमा ‘पेटका केही कुरा’ विषयक कला प्रदर्शनी चलिरहेको छ । बुनु ढुंगानाद्वारा क्युरेट गरिएको प्रदर्शनीले पुस्तौंदेखिको आमाछोरीको सम्बन्धलाई आकार दिँदै आइरहेका भिन्नता र कडीहरुको अध्ययन गर्छ ।

प्रदर्शनीले पिँढी, संस्कृति र अनुभवहरूको बीच एकअर्कालाई बुझ्ने क्षमता र विफलताको अन्वेषण गर्छ ।

प्रदर्शनीमा नेपालका अस्मिता बादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्ज्वला महर्जन, तृप्ती तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर र बेलायतकी रचेल लोवका सिर्जना राखिएका छन् ।

‘यहाँ सामेल कलाकारले आमालाई बुझ्न र बुझिन आवश्यक भाषा भेट्टाउने प्रयत्नमा हामीले पाएका सफलता, विफलता तथा एकातिर आमा र आफूबीचको गाँठो अझै बेस्सरी कस्ने आशालाई बुझ्ने अवसर दिएका छन्’ विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय मदर्स डेको छेकोमा आयोजित यो कला प्रदर्शनी आमाहरूलाई समर्पित गरिएको छ । ‘आर्ट एक्सचेन्ज : मुभिङ इमेज साउथ एसिया’ कार्यक्रमको एक भागको रूपमा आयोजना गरिएको यो प्रदर्शनी ब्रिटिश काउन्सिलद्वारा समर्थित, लक्स र आर्ट साउथ एसिया प्रोजेक्टद्वारा आयोजित छ ।

२० बैशाखदेखि सुरु भएको प्रदर्शनी २ जेठसम्म आयोजना हुनेछ । हरेक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म प्रदर्शनी आयोजना भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?