
News Summary
Generated by OK AI. Editorially reviewed.- पनौतीमा ४१ मिलिमिटर वर्षा भएको छ जुन मध्यम खालको वर्षा हो।
- बिहारबाट आएको पानी पार्ने प्रणालीले बागमती प्रदेशका विभिन्न जिल्लामा थप वर्षा हुने सम्भावना छ।
- वर्षाका कारण पनौतीमा एक महिला बेपत्ता भएकी छन् र उनको खोजी कार्य भइरहेको छ।
२९ वैशाख, काठमाडौं। काभ्रेपलाञ्चोकको पनौतीमा ४१ मिलिमिटर वर्षा भएको छ ।
पनौतीस्थित रोशीखोला केन्द्रमा १२ घण्टाको अवधिमा ४१ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम विभागका अनुसार ४१ मिलिमिटर वर्षा भनेको मध्यम खालको हो । १० मिलिमिटर भन्दा बढी र ५० मिलिमिटर भन्दा कम पानी पर्नुलाई मध्यम खालको वर्षा भनिन्छ ।
भारतको बिहार आसपासबाट पानी पार्ने प्रणाली बागमती प्रदेश प्रवेश गरेको छ । त्यसैले बागमती प्रदेशका मकवानपुर, दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोक लगायतका जिल्लामा थप वर्षा हुने सम्भावना छ ।
हाल चितवन, मकवानपुर, बारा र पर्सा आसपास मेघगर्जन/चट्याङ्ग सहितको पानी परिरहेको छ । उक्त प्रणाली पूर्वतिर सरिरहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
वर्षाका कारण पनौतीमा कुलोले बगाएर एकजना महिला बेपत्ता भएकी छिन् । बेपत्ता महिलाको खोजी कार्य भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4