
News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको रुपनी गाउँपालिकामा आयोजना गरिएको महायज्ञको मुख्य मण्डपमा आगलागी भएको थियो।
- आगलागी बिजुलीको तार सर्ट भएर भएको अनुमान गरिएको छ र यसले लत्ताकपडा र पूजाका सामग्री जलेर नष्ट भएका छन्।
- आगलागी नियन्त्रण गर्न राजविराज नगरपालिकाको बारुणयन्त्रको मद्दत लिइएको थियो।
३० वैशाख, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ । २१ वैशाखदेखि सुरु नौ दिवसीय महायज्ञको अन्तिम दिन सोमबार साँझ मुख्य मण्डपमा आगलागी भएको हो ।
आगलागीबाट मण्डपसहित त्यहाँ राखिएका लत्ताकपडा, पूजाका सामग्री समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मण्डपमाथि टाँगिएको बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगोलाई राजविराज नगरपालिकाको बारुणयन्त्रको मद्दतमा निभाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4