+

महिला टी-२० विश्वकप छनोट : नेपालले हङकङसँग खेल्दै

२०८२ वैशाख  ३० गते ७:०८ २०८२ वैशाख ३० गते ७:०८
महिला टी-२० विश्वकप छनोट : नेपालले हङकङसँग खेल्दै

३० बैशाख, काठमाडौं । नेपालले थाइल्याण्डमा भइरहेको आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज हङकङसँग खेल्दैछ ।

छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा बिहान १२:३५ बजे सुरु हुनेछ ।

डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो ।

नेपालले त्यसपछि बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।

सोमबार हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण पूरा हुन पाएन । बहराइनले ४ ओभरमा १५ रन बनाएर खेलिरहेको अवस्थामा वर्षाले खेल रोकिएपछि फेरि सुरु हुन सकेन ।

हङकङको दुवै खेल वर्षाले प्रभावित हुँदा घाटा लागेको छ ।

अब आज हुने खेलमा नेपालले हङकङलाई पराजित गरेका एक खेल अगावै समूह विजेता बन्दै सुपर थ्री चरणमा पुग्ने निश्चित हुनेछ । यदी आजको खेलमा नेपाल पराजित भएमा भने नेपालको यात्रा कठिन हुनेछ ।

नेपाल र हङकङबीच भएका पछिल्ला ५ टी२० खेलमा नेपालले दुई खेल जितेको छ भने हङकङले उक खेल जितेको छ । पछिल्ला दुवै खेल वर्षाका कारण रद्द भएका थिए ।

छनोटमा ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष टोलीले सुपर थ्री मा स्थान बनाउनेछन् ।

सुपर थ्री मा तीन टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टोलीले आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछन् ।

नेपाली महिला टोली अहिलेसम्म ग्लोबल क्वालिफायर समेत पुग्न सकेको छैन । यस पटक ग्लोबल क्वालिफायर पुग्दै विश्वकपसम्म पुग्ने नेपालको लक्ष्य छ ।

महिला टी-२० विश्वकप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय