
News Summary
Generated by OK AI. Editorially reviewed.- जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सरकारले पिछडा वर्ग महासंघको मागलाई ध्यान नदिएको बताएका छन्।
- पिछडा वर्ग महासंघ ५८ दिनदेखि आन्दोलनमा रहेको र यसको मागमा ओबीसी आयोग गठन, आरक्षण र कर्मचारी नियुक्ति समावेश छन्।
- उपाध्यक्ष खानले सरकारलाई माग पूरा गर्न ध्यान दिन आग्रह गरेका छन्।
३० वैशाख, काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सरकारले पिछडा वर्ग महासंघ (ओबीसी)को आन्दोलन र मागलाई वास्ता नगरेको गुनासो गरेका छन् ।
उनका अनुसार नेपाल पिछडा वर्ग महासंघ ५८ दिनदेखि निरन्तर आन्दोलनमा छ । तर, उनीहरूको मागलाई सरकारले वास्ता गरेको छैन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । पिछडा वर्ग महासंघ १९ फागुन २०८१ देखि आन्दोलनमा छ । ‘५८ दिनदेखि आन्दोलन, धर्ना, प्रदर्शन विभिन्न ठाउँमा गर्दा पनि राज्यले हेरेको छैन’, उनले भने ।
सांसद खानका अनुसार पिछडा वर्गले ओबीसी आयोग गठन, ओबीसीलाई आरक्षण र कर्मचारी नियुक्ति सहितका माग राखेका छन् । यो विषयमा ध्यान दिन सरकारलाई उनको आग्रह छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4