+

महिला टी-२० विश्वकप छनोट : हङकङसँग नेपाल पराजित

२०८२ वैशाख  ३० गते १५:४७ २०८२ वैशाख ३० गते १५:४७
महिला टी-२० विश्वकप छनोट : हङकङसँग नेपाल पराजित

३० बैशाख, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ ।

समूह सी मा नेपालको यो पहिलो हार हो भने हङकङको पहिलो जित हो ।

वेटआउटफिल्डका ५ ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । हङकङका लागि ओपनर शानजिन शाहजादले अविजित रहँदै १५ रन जोडिन् । १२ बल खेलेकी उनले १ छक्का पनि प्रहार गरिन् । मारिको हिलले ११ बलमा ११ रन बनाइन् ।

नेपालका लागि कविता कुँवरले १.३ ओभरमा ५ रन खर्चेर २ विकेट लिइन् । पुजा महतो महँगो बलर बनिन् । उनले २ ओभरमा १९ रन खर्चिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गथरेको नपालले ३ विकेट गुमाए २९ रन बनाएको हो ।

नेपालका लागि ओपनर सम्झना खड्काले ७ बल खेल्दै १ चौका मदतमा  सर्वाधिक १० रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान इन्दु वर्माले १० बलमा अविजित ९ रन जोडिन् ।

हङकङका लागि अलिसन सिउले २ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् ।

जितपछि हङकङ ३ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लेको छ भने समान खेलबाट ३ अंकसहित नेपाल दोस्रो स्थानमा छ । यस हारपछि समूह विजेता बनेर सुपर थ्री मा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।

अब नेपाल र हङकङ दुवैले बहराइनसँग खेल्न बाँकी छ । नेपालले शीर्ष स्थानमा रहन बहराइनलाई हराउनैपर्नेछ भने हङकङ र बहराइनबीचको खेलको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।

नेपालले अब बिहीबार बहराइनसँग खेल्नेछ भने हङकङ र बहराइनबीचको खेल शुक्रबार हुनेछ ।

छनोटमा ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । ९ टिमलाई ३ समूहमा विभाजन गरेर डबल राउण्ड रोविन प्रणालीमा खेल खेलाइएको छ ।

तीनवटै समूहको शीर्ष स्थानमा रहने टोली सुपर थ्री चरणमा पुग्नेछन् । सुपर थ्रीमा तीन टिमबीच एकआपसमा खेल हुनेछ र शीर्ष दुई टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।

महिला टी-२० विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय