
News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य विभागले तीन उद्योग र फर्मलाई जरिबाना तिराएको छ ।
- काठमाडौंको भण्डारी सर्जिकल हाउसले गुणस्तर र नापतौल हेरफेर गरेको पाइएपछि २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको हो ।
- विभागले अनुगमनका क्रममा मूल्यसूची, दर्ता प्रमाणपत्र नराख्ने लगायत फर्महरूलाई जरिबाना गरेको हो ।
३० वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार ३ उद्योग तथा फर्मलाई २ लाख ६६ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले मंगलबार १५ उद्योग तथा फर्म अनुगमन गरेको छ ।
अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–११ को भण्डारी सर्जिकल हाउस प्रालिलाई २ लाख १ हजार जरिबाना तिराएको हो । उक्त सर्जिकल हाउसले सर्जिकल सामान, मेडिकल उपकरणमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ ।
यस्तै विभागले बूढानीलकण्ठ नगरपालिका–७ मा रहेको एभरग्रिन होम डेकोरलाई ५० हजार रुपैयाँ तिराएको छ । एभरग्रिन होम डेकोरले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको भन्दै विभागले उक्त जरिबाना तिराएको जनाएको छ ।
विभागको अनुगमन टोलीले मध्यपुर थिमी नगरपालिका–१ नरेफाँटको जिरे खुर्सानी रेट्रोलाई १५ हजार रुपैयाँ जरिबाना तिराएको छ । खरिद बिलबिजक नराखेको भन्दै उक्त रेट्रोलाई विभागले जरिबाना तिराएको हो ।
अन्य ११ उद्योग तथा फर्मलाई विभागको अनुगमन टोलीले व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशनदेखि सामान्य निर्देशनसम्म दिएको छ ।
प्रतिक्रिया 4