+
+
Shares

कैलाश चौधरीलाई सुदूरपश्चिमको वनमन्त्री बनाउन नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते ९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कैलाश चौधरीलाई बनाउन निर्देशन दिएको छ।
  • प्रदेश संसदीय दलले मन्त्रीको निर्णय गर्न नसकेपछि पार्टी केन्द्रले निर्णय लिएको हो र यसले मन्त्री नियुक्तिको प्रक्रिया सहज बनाएको छ।
  • अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको निर्णय अनुसार कैलाश चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको जानकारी दिइएको छ।

३१ वैशाख, धनगढी । नागरिक उन्मुक्ति पार्टी(नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनाउन निर्देशन दिएकी छन् ।

प्रदेशको मन्त्रीको टुंगो लगाउन अधिकार प्रत्यायोजन गर्न माग गर्दै प्रदेश संसदीय दलले सिफारिस गरेपछि श्रेष्ठले प्रदेश सभा सदस्य चौधरीलाई मन्त्री बनाउन निर्देशन दिएकी हुन् ।

श्रेष्ठले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै कैलाशलाई मन्त्री बनाउन निर्देशन दिएको नाउपाले जनाएको छ ।

अध्यक्ष श्रेष्ठका स्वकीय सचिव भक्त चलाउनेले प्रदेश संसदीय दलले मन्त्रीबारे निर्णय गर्न नसकेपछि पार्टी केन्द्रले निर्णय दिनुुपरेको बताए । उनले संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठसहित केही समय अगाडि धनगढीमै बसेको बैठकले मन्त्रीबारे समझदारी गरिसकेको र सोहीअनुसार अहिले निर्णय लिइएको जानकारी दिए ।

‘प्रदेश संसदीय दलले सरकारमा कसलाई पठाउने भनेर अधिकार माग्नैपर्दैन नि ! त्यो अधिकार उहाँहरुलाई छदैछ’, चलाउनेले भने, ‘तर, संसदीय दलले निर्णय गर्न नसकेपछि पार्टी केन्द्रले निर्णय दिएको हो ।’

सोही निर्णयका आधारमा अब मन्त्री नियुक्त हुने उनी बताउँछन् । आर्थिक लेनदेनसम्बन्धी विवादित अडियो सार्वजनिक भएपछि नाउपाबाट उद्योग पर्यटा वन तथा वातावरण मन्त्री बनेका लक्ष्मणकिशोर चौधरीले १६ चैतमा पदबाट राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे छलफल गर्न मंगलबार नाउपा प्रदेश संसदीय दलको बैठक बसेको थियो ।

तर, बैठकले मन्त्रीबारे निर्णय गर्ने अधिकार प्रत्योजन गर्न केन्द्रीय कमिटीलाई माग गर्ने निर्णय गर्दै पत्राचार गरेको संसदीय दलका नेता घनश्याम चौधरीले बताएका थिए । पार्टी केन्द्रले भने सोही पत्रका आधारमा भन्दै कैलाश चौधरीको नाम नै तोकेर पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?