+
+
Shares

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा १० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर समावेश छ।
  • कम्पनीले १० प्रतिशत नगद लाभांशमा कर कटौती गरी वितरण गर्ने जनाएको छ, र यसको चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ छ।
  • सेयरको मूल्य लगभग ६२० रुपैयाँ प्रतिकित्ता रहेको छ।

३१ वैशाख, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसअनुसार १० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर रहेको छ । यो १० प्रतिशत नगद लाभांशमा ०.७८९ प्रतिशत कर प्रयोजनका लागि कटौती हुने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२० रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?