+
+
Shares

संघीयता ल्याउने पार्टीहरू नै संघीयता विरोधी : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीयता ल्याउने पार्टीहरू नै यसको विरोधी भएको आरोप लगाएका छन्।
  • शर्माले संघीयता कार्यान्वयनमा विश्वासको कमी र कानुन नबनेको अवस्थालाई मुख्य समस्या बताए।
  • उनले संघीयता कार्यान्वयनका लागि संघीयता पक्षधरहरूले दबाब दिन आवश्यक रहेको धारणा राखे ।

३१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीयता ल्याउने पार्टीहरू नै संघीयता विरोधी रहेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि संघले विनियोजन गर्ने परिपाटी रहेको बताउँदै उनले प्रदेश र स्थानीय तहप्रति संघ सरकारले विश्वास नगरेको आरोप लगाए ।

यसबाट संघीयताको विरोधी अरू कोही नभएर संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै रहेको पुष्टि भएको उनले जिकिर गरे । ‘संघीयता कार्यान्वयनमा मेन्टालिटीको कुरा गर्दा खेरी बजेट कहाँ कति दोस्रो कुरा हो, ५० हजार, २५ हजारका संघले हाल्ने के हो त त्यो ? त्यो मेन्टालिटी त हो’ पूर्वअर्थमन्त्री समेत रहेका शर्माले भने, ‘तल संयन्त्र छ, संरचना छ, उसलाई कार्यान्वयन गर्ने विश्वास छैन, दिइँदैन । त्यो खालको मनोविज्ञानले काम गरिरहेको छ ।’

उनले थपे, ‘संघीयताको विरोधी अरू कोही होइन, संघीयताका विरोधी संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै छन् । आफू सत्तामा पुग्दा कार्यान्वयन भइराखेको छैन । कानुन बनिराखेको छैन । कानुन नबनेर तल प्रदेशले आफ्ना अधिकार पाइराखेको छैन । बनेका कानुनको अधिकार हस्तान्तरण भएको छैन । बनेको कानुन कार्यान्वयन हुँदैन । तल दिइएको बजेट फिर्ता ल्याइन्छ । कुन योजना कसको भनेर छुटाइएको छैन । यसले गर्दा हाम्रो संघीयता प्रतिको बुझाइ नै बेठिक छ ।’

उहाँले संघीयता कार्यान्वयनका लागि संघीयता पक्षधरहरूले दबाब दिनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?