+
+
Shares

संसद्‍मा अर्थमन्त्री उपस्थित नभएकोमा माओवादीको नियमापत्ति

सांसद हितराज पाण्डेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादी सांसद हितराज पाण्डेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको छलफलमा अर्थमन्त्रीको अनुपस्थितिमा आपत्ति जनाएका छन्।
  • पाण्डे भन्छन् कि छलफलमा अर्थमन्त्रीको उपस्थित अनिवार्य भए पनि उनी बैठकमा उपस्थित नभएकोले छलफल प्रभावित भएको छ।
  • पाण्डेले सभामुखसँग अर्थमन्त्रीलाई उपस्थित गराउन आग्रह गरेका छन् ताकि सांसदहरूको आवाज सुनिन सकियोस्।

३१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पाण्डेले यस्तो आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेका छ ।

प्रतिनिधिसभा नियमावली अनुसार उक्त छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भए पनि उनी अनुपस्थित भएको भन्दै पाण्डेले आपत्ति जनाएका हुन् ।

‘अहिले हामी आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरिरहेका छौं । यो छलफलमा माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यू उपस्थित भएर हाम्रो सदनमा भएका विषयवस्तुहरूलाई सरकारले सुनेर मनन गरेर सांसदका आवाजलाई लैजानु पर्ने थियो । त्यसकारण अर्थमन्त्रीज्यूलाई सदनमा उपस्थित गराएर यो सदनलाई अगाडि बढाउनका लागि म सभामुखज्यूसँग यो नियमापत्ति गर्न चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?