
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सगरमाथा आरोहण सिजन सुरु भएसँगै ४० भन्दा बढी आरोहीहरूले चुचुरो चुम्न सफल भएका छन् ।
- अहिलेको सिजनमा २७ हिमालमा १ हजार १४० भन्दा बढी आरोहीहरूले अनुमति प्राप्त गरेका छन्, जसमा सगरमाथामा ४५८ जना छन् ।
- अधिकांश आरोही युक्रेन, जापान र चीनबाट आएका छन् र नेपाली शेर्पा सहयोगीसँगै आरोहण गरेका छन् ।
३१ वैशाख, काठमाडौं । यसपालि वसन्तु ऋतुको सगरमाथा आरोहण सुरु भएसँगै बुधबार तीन दर्जनभन्दा बढी आरोहीले चुचुरो चुम्न सफल भएका छन् ।
पर्यटन विभाग अनुसार बुधबार आरोही र सहयोगी गरी ४० भन्दा धेरै आरोही सगरमाथा चुचुरो पुगेका छन् ।
आज अधिकांश युक्रेन, जापान र चीनको टोलीले नेपाली शेर्पा सहयोगीसँगै सगरमाथाको सफल आरोहण गरेका हुन् ।
जारी सिजनका लागि २७ हिमालमा १ हजार १ सय ४० जनाले अनुमति लिएका छन् । यसमध्ये सगरमाथामा मात्र ४ सय ५८ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4