
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले शोभाकान्त पौडेललाई नयाँ सचिवमा बढुवा गरेको छ।
- पौडेलले विभिन्न उच्च पदहरूमा कार्यरत रहँदै अनुभव प्राप्त गरेका छन्।
- सचिव पद रिक्त रहेको समयमा पौडेललाई बढुवा गरिएको हो।
३१ वैशाख, काठमाडौं । सरकारले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि सचिव पद रिक्त थियो । निजामती सेवामा ३८ वर्षे यात्रा पूरा गरेका सिंह ५८ वर्षे उमेरहदका कारण अघिल्लो बुधबारदेखि अनिवार्य अवकाशमा गएका हुन् । सिंहको अनिवार्य अवकासपछि रिक्त रहेको सचिव पदमा सरकारले पौडेललाई बढुवा गरेको हो ।
सचिवमा बढुवा भएका पौडेलले भन्सार विभागको महानिर्देशक, धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षलगायतका जिम्मेवारी निर्वाह गरिसकेका छन् । पौडेल यसअघि पनि सचिव बढुवाको सिफारिसमा परेका थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत सचिव अर्जुनप्रसाद पोखरेल सेवा निवृत्त भएपछि रिक्त पदमा पौडेलसँगै चन्द्रकला पौडेल र भूपाल बरालको नाम सिफारिस भएको थियो ।
त्यसबेला मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा सिफारिस चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको थियो ।
प्रतिक्रिया 4