+

बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्लेअफ गुमाउने सम्भावना

२०८२ वैशाख  ३१ गते २१:३१ २०८२ वैशाख ३१ गते २१:३१
बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्लेअफ गुमाउने सम्भावना

३१ वैशाख, काठमाडौं । इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको घरेलु एकदिवसीय सिरिजका लागि टोली घोषणा गरेपछि जोस बटलर, विल ज्याक्स र जेकब बेथेलले आईपीएल २०२५ को प्लेअफ चरण गुमाउने सम्भावना देखिएको छ।

भारत-पाकिस्तानबीचको सीमा तनावका कारण गत साता आईपीएल स्थगित भएपछि इंग्ल्यान्डका खेलाडीहरू स्वदेश फर्किएका थिए। अब लिग पुनः सुरु हुँदैछ र ती खेलाडीहरू पनि शनिबारदेखि फर्कने तयारीमा छन्। तर, नयाँ तालिकाले उनीहरूको फ्रेन्चाइज र राष्ट्रिय टोलीको प्रतिबद्धताबीच समय जुधाउने देखिएको छ।

बटलर (गुजरात टाइटन्स), बेथेल (रोयल च्यालेन्जर्स बेंगलुरु) र ज्याक्स (मुम्बई इन्डियन्स) तीनै जनाको इंग्ल्यान्डको लागि खेल्नुपर्ने छ।

क्रिकइन्फोका अनुसार बेथेल बेंगलुरुको आगामी दुई खेलका लागि भारत फर्किनेछन् तर अन्तिम समूह चरणको खेल अगाडि स्वदेश फर्किने र एजबास्टनमा हुने पहिलो एकदिवसीय खेलका लागि टोलीमा रिपोर्ट गर्नेछन्।

ज्याक्स मुम्बई इन्डियन्सका लागि अन्तिम दुई समूह खेल खेल्नेछन् र त्यसपछि फर्किनेछन्। बटलर पनि भारत फर्किने तयारीमा छन् तर एकदिवसीय सिरिज सुरु हुनु अघि स्वदेश फर्किने अनुमान गरिएको छ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय