+
+
Shares

गभर्नरमा योग्यताक्रमका क्षमतावान व्यक्ति नियुक्त गर्ने पक्षमा छु : प्रधानमन्त्री

प्रधानमन्त्री भन्छन्– निकटताका आधारमा नियुक्त गर्दिनँ

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रबैंकको रिक्त गभर्नर पदमा योग्यताक्रमका आधारमा क्षमतावान व्यक्ति नियुक्त गर्ने पक्षमा आफू रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा योग्यताका आधारमा क्षमतावान व्यक्तिलाई प्राथमिकता दिने बताएका छन्।
  • उनले व्यक्तिगत सम्बन्धको आधारमा होइन, योग्यताका आधारमा नियुक्ति गर्न चाहेको बताएका छन् ।
  • प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय आयोगमा पनि योग्य व्यक्तिहरूको नियुक्ति भएको बताए ।

१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रबैकको रिक्त गभर्नरमा योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका हुन् ।

काम गर्न सक्ने मान्छे भए देशलाई राम्रो हुने भन्दै उनले व्यक्तिगत रूपमा आफ्नो मान्छेलाई गभर्नर बनाउने कुनै इच्छा नभएको जिकिर गरे ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगमा पनि क्षमता भएका व्यक्ति नियुक्ति गरिएको प्रधानमन्त्रीको भनाइ थियो । एक आयोगका अध्यक्षलाई आफूले मुख्यमन्त्री हुँदा चिनेको अन्य पदाधिकारीसँग व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ थियो ।

उनले पूर्वयोजनाकारहरूको संस्थाबाट आफ्ना सोच र अनुभवको आदान–प्रदान हुने विश्वास व्यक्त गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनामा ध्यान दिन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?