+
+
Shares

आमिर खानको ‘सितारे जमीन पर’मा नेपाली डिजाइनर महर्जनको टाइपो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १८:१६
आनन्द महर्जन (बायाँ) र उनले तयार पारेको टाइपो बीचमा ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आमिर खानको फिल्म ‘सितारे जमीन पर’ को ट्रेलरमा नेपाली ग्राफिक्स डिजाइनर आनन्द महर्जनले तयार पारेको हिन्दी टाइपो प्रयोग भएको छ।
  • महर्जनले १३ वर्षदेखि नेपाली फिल्मको पोस्टर र हिन्दी फिल्मका लागि टाइपो डिजाइन गर्दै आएका छन् र उनले लगभग ७० वटा हिन्दी फिल्ममा टाइपो तयार पारेका छन्।
  • उनी नेपाली र अंग्रेजी दुवै भाषामा टाइपो तयार पार्न सक्ने भए पनि, यस पटक मात्र हिन्दी टाइपो प्रयोग गरिएको हो।

काठमाडौं । आमिर खानको प्रतीक्षित बलिउड फिल्म ‘सितारे जमीन पर’ले नेपाली ग्राफिक्स डिजाइनर आनन्द महर्जनले तयार पारेको ‘हिन्दी टाइपो’ प्रयोग गरेको छ । केही दिनअघि मात्रै यो फिल्मको ट्रेलर सार्वजनिक भएको थियो ।

ट्रेलरमा महर्जनले तयार पारेको हिन्दी टाइपोलाई समावेश गरिएको छ । १३ वर्षदेखि नेपाली फिल्मको पोस्टर डिजाइन गर्दै आइरहेका महर्जनले अहिलेसम्म ७० हाराहारीमा हिन्दी फिल्ममा टाइपो तयार पारिसकेका छन् ।

आफूले हिन्दी र अंग्रेजी दुवै भाषामा टाइपो तयार पारे पनि हिन्दी टाइपो मात्र प्रयोग गरिएको उनको भनाइ छ ।

महर्जनले बलिउडको प्रसिद्ध पोस्टर डिजाइनर कम्पनी एच वानसँग मिलेर काम गर्दै आइरहेका छन् । ‘यसमा पनि पोर्टफोलियो उल्लेख नगर्ने सर्तमा काम भएको थियो’ महर्जनले अनलाइनखबरसँग भने ।

उनले एच-वानको लागि नेपालबाट आउटसोर्सिङ काम गर्दै आइरहेका छन् । सन् २०१२ को नेपाली फिल्म ‘छड्के’बाट महर्जनले पोस्टर र फन्ट डिजाइन गर्दै आइरहेका थिए ।

आकर्षक र मौलिक फन्टमार्फत पोस्टर डिजाइन गर्न महर्जन खास मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?