
News Summary
Generated by OK AI. Editorially reviewed.- संसद्मा समानुपातिक सांसदलाई बजेट बाँडफाँटमा विभेद गर्न लागिएको गुनासो व्यक्त भएको छ।
- सांसद जावेदा खातुनले संविधानले सबै सांसदहरू बराबर भएको भन्दै सुधार आवश्यक रहेको बताइन्।
- उनले पछाडि परेका वर्गलाई ध्यान दिएर बजेट ल्याउन आवश्यकता औंल्याइन्।
१ जेठ, काठमाडौं । बजेट बाँडफाँटमा समानुपातिक सांसदलाई विभेद गर्न खोजिएको गुनासो संसद्मा व्यक्त भएको छ ।
बिहीबार प्रिबजेट छलफलमा बोल्दै नेपाली कांग्रेसकी सांसद जावेदा खातुन जागाले यस्तो गुनासो गरेकी हुन् ।
‘संविधानले मिश्रित निर्वाचन प्रणाली अपनाइसकेपछि सबै सांसदहरू बराबर हुन् । यसकारणले गर्दा बजेट बाँडफाँटमा समानुपातिक सांसदलाई विभेद गर्ने जस्तो कुरा आइराखेको छ । यो सुधार्न जरुरी छ,’ उनले भनिन् ।
सांसद खातुनले पछाडि परेका वर्गलाई ध्यान दिएर बजेट ल्याइनुपर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4