+
+
Shares

चार्जिङ सेन्टरमा राखेको माइक्रोबस बनस्थलीबाट चोरी, एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बनस्थलीबाट माइक्रोबस चोरी गरेको आरोपमा स्याङ्जाका १९ वर्षीय सुदीप थापा पक्राउ परेका छन्।
  • उनलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा पक्राउ गरिएको हो।
  • उनीविरुद्ध चोरी कसुरमा अनुसन्धान जारी छ।

१ जेठ, काठमाडौं । चार्जिङ सेन्टरमा राखेको माइक्रोबस काठमाडौंको बनस्थलीबाट चोरी भएको छ । चोरी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भइ बनस्थली बस्ने १९ वर्षीय सुदीप थापा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

२९ चैतमा साढे ४ बजेतिर बनस्थलीको विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखेको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको मोइक्रोबस उनले चोरी गरेको एसपी बोहराले बताए ।

पक्राउ परेका थापाविरुद्ध चोरी कसुुरमा अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?