+
+
Shares

नासा सेक्युरिटिजको नयाँ टीएमएस सञ्चालनमा, के छन् सुविधा ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नासा सेक्युरिटिजको नयाँ कारोबार प्रणाली ‘नासा एक्स’ को शुभारम्भ।
  • प्रविधिमैत्री प्रणालीले चार लाखभन्दा बढी लगानीकर्तालाई सहज कारोबार सुविधा प्रदान गर्नेछ।
  • नयाँ प्रणालीले रियलटाइम मार्केट अपडेट, चार्ट आधारित विश्लेषण र च्याट बट जस्ता सुविधा उपलब्ध गराउँछ।

२५ जेठ, काठमाडौं । नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) ले आधुनिक प्रविधियुक्त नयाँ कारोबार प्रणाली कारोबार प्रणाली ‘नासा एक्स’ सञ्चालनमा ल्याएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायाण श्रेष्ठले आइतबार दरबारमार्गको लालकोलोनी मार्ग स्थित नासा सेक्युरिटिजको केन्द्रीय कार्यालयमा सो कारोबार प्रणालीको शुभारम्भ गरे ।

नयाँ प्रणालीबाट चार लाख भन्दा धेरै लगानीकर्ताले सहज, सरल र विस्वसनीय रुपमा सेयर कारोबार गर्न पाउने कम्पनीका प्रवन्ध सञ्चालक मदन पौडेलले जानकारी दिए । ‘यस प्रणालीमा विश्वमा प्रचलित कारोबार अभ्यासहरुलाई समेटेर प्रविधिको नविनतम प्रयोग गरिएको छ’ उनले भने ।

वेबसाइटका अलवा मोबाइल प्लेटफर्ममार्फत लगानीकर्ताले कारोबारको पूर्ण जानकारी राख्न सक्नेछन् । ‘यसमा प्रयोगकर्ताले सुविधाजनक रुपमा तत्काल कोल्याट्रल राख्न र झिक्न, रियल टाइम मार्केट अपडेटजस्ता धेरै सुविधा पाउनेछन्’ पौडेलले भने ।

रियलटाइम इन्फर्मेसन ड्यासबोर्ड, एउटै प्लेटफर्ममा प्राविधिक चार्ट पहुँच, रियलटाइम सेयर बिक्री गरेको रकम धितोमा आएर लोड हुने, ग्राहकले आफै रकम झिक्न सक्ने विशेषता नयाँ टीएमएसमा रहेको नासाले जनाएको छ । त्यस्तै प्रतिक्रिया र समस्या रिपोर्टका लागि कारोबारीले च्याट बट प्रयोग गर्न सक्नेछन् ।

कम्पनीका अनुसार वेबसाइटमा निःशुल्क ट्रेडिङ स्कूल राखिएको छ, यसकै आधारबाट सहजै नयाँ टीएमएस चलाउन सकिनेछ ।

नेपालमा पहिलोपटक इनोभेटिभ चार्ट बेस्ड ट्रेडिङ्ग विशेषता भित्र्याउने काम अगाडि बढेको कम्पनीको दाबी छ । ‘प्रयोगकर्ताले चार्टबाट सिधै खरिद र बिक्रीको आदेश प्रविष्ट गर्न सक्नेछन्’ नासाले भनेको छ ‘यसले लगानीकर्ताहरुलाई एक ठाउँमा प्राविधिक विश्लेषण गरी खरिद बिक्री आदेशका लागि पुनः टीएमएसमा आउनुपर्ने झन्झटबाट मुक्ति दिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?