+
+
Shares

अनमोल र पलको ‘दोहा’ भेट : नम्बर साटासाट, सहकार्यको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतारको कार्यक्रममा अनमोल केसी र पल शाह एउटै फ्रेममा देखिएर चर्चा भयो।
  • उनीहरूले ह्वाट्स एप नम्बर साटासाट गरी सम्भावित सहकार्यको कुरा गरे।
  • कार्यक्रममा ८००० भन्दा बढी दर्शक उपस्थित थिए र कलाकारहरूले रोमान्टिक प्रस्तुति दिए।

काठमाडौं । केही दिनअघि कतारमा आयोजित कार्यक्रममा अनमोल केसी र पल शाह एउटै फ्रेममा देखिए । यी दुईजना एकसाथ देखिएको सम्भवतः यो पहिलोपटक हो, जसले गर्दा मिडियामा पनि यी दुईको चर्चा भयो ।

एयरपोर्टदेखि कार्यक्रमस्थलसम्म अनमोल र पलबीच हार्दिकता देखियो । यी दुईबीच सम्भावित सहकार्यको कुरा पनि भएको स्रोत बताउँछ । त्यसबीच यी दुईले ह्वाट्स एप नम्बर साटासाट गरे भने एकअर्काको प्रशंसामा शब्द खर्चिए ।

पलले स्टेजमा प्रस्तुति दिइसकेपछि अनमोलले स्टेजपछि पुगेर पललाई बधाई दिए । अनमोलले मञ्चअघि बसेर पलको प्रस्तुति हेरे । ‘यसअघि उहाँहरूबीच भेटघाट भएको थिएन । यो भेटमा उहाँहरूबीच हार्दिकता मात्र होइन, सम्भावित सहकार्य गर्न सकिने कुरा पनि भयो’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

फ्यानले कतारमा यी दुई कलाकारसँग बसेर फोटो मात्र खिचाएनन्, सामाजिक संजालमा यी दुईको सँगैको फोटो ब्यापक सेयर भयो । रामी प्रोडक्सनले आयोजना गरेको ‘म्युजिकल हंगामा २०२५’ को लागि पल र अनमोल दोहा पुगेका हुन् ।

इदको अवसरमा आयोजित कार्यक्रममा ८००० भन्दा धेरै दर्शक सहभागी रहेको बताइएको छ । उक्त कार्यक्रममा पलले नृत्य प्रस्तुति दिए भने अनमोलले फ्यानसँग ‘मीट एन्ड ग्रीट’ गरे । यसअघि भारतको सिलिगुढीमा फ्यानसँग भेटेका अनमोलले कतारमा सोही अभियानलाई निरन्तरता दिएका हुन् ।

दोहाको कार्यक्रममा भुवन केसी र प्रेमिका जिया केसीले पनि रोमान्टिक प्रस्तुति दिए । अनमोलले उत्कृष्ट कलाकारलाई अवार्ड समेत बाँडेका थिए । समारोहमा नेपाली र भोजपुरी कलाकार एकसाथ प्रस्तुत थिए ।

नेपालबाट स्वस्तिमा खड्का, गायिका अस्मिता अधिकारी थिए भने भोजपुरीबाट खेसारीलाल यादव, अमरपाली दुबे र सान्नु कुमार सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?