
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले तोडफोड गर्नेलाई कानुनी कारबाही हुनुपर्ने बताए।
- गत जेठ १४ गते नेविसंघका नेता कार्यकर्ताले विश्वविद्यालयको कार्यालयमा तोडफोड गरे पनि पक्राउ परेका छैनन्।
- माथेमाले विश्वविद्यालयको सुरक्षाका लागि सरकारको कडाइ आवश्यक रहेको र दण्डहीनता हुनु नहुने बताए।
२५ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले उपकुलपतिको कार्यालयमा तोडफोड गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।
‘त्रिवि सार्वजनिक संस्था हो । उपकुलपतिको कार्यालयमा तोडफोड हुनु अपराध हो । सरकार कडारुपमा प्रस्तुत हुनुपर्छ,’ अनलाइनखबरसँग माथेमाले भने ।
गत जेठ १४ गते स्नातक तहको भर्ना खुलाउनु पर्ने माग राखेर गएका नेविसंघका नेता कार्यकर्ताले उपकुलपतिको कार्यालयमा तोडफोड गरेका थिए । तर तोडफोडमा संलग्नलाई कारबाही गरिएको छैन ।
पूर्वउपकुलपति माथेमा तोडफोड गर्नेलाई कानुनी कारबाही हुनुपर्ने बताउँछन् । ‘विश्वविद्यालयको आफ्नो प्रहरी छैन । भीसी, रेक्टर, रजिस्ट्रारसँग सुरक्षाकर्मी छैन। तोडफोड गर्नेलाई सरकारले कानुनी दायरामा ल्याउनु पर्छ,’ माथेमाले भने, ‘दण्डहीनता हुनु भएन ।’
तोडफोड र तालबन्दीका कारण उपकुलपति खड्ग केसी, रेक्टर दुविनन्द ढकाल र रजिस्ट्रार केदारप्रसाद रिजाल कार्यकक्षमा जान सकेका छैनन् । त्रिविलाई प्रहरीलाई जाहेरी दिएपनि तोडफोडमा संलग्न भएकाहरूलाई पक्राउ गरिएको छैन ।
प्रतिक्रिया 4