+
+
Shares

कांग्रेस-माओवादी छलफल निष्कर्षविहीन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १६:४९

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूको छलफल निष्कर्षविहीन बनेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा माओवादीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको लागि समर्थन मागेका थिए । कांग्रेसका नेताहरू भने माओवादीको आग्रहमा सहमत नभएको नेताहरू बताउँछन् ।

छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिवद्वय वर्षमान पुन, शक्ति बस्नेत लगायत सहभागी थिए । कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता ज्ञानेन्द्र कार्की लगायत थिए ।

कांग्रेससँग छलफलमा बस्नुअघि माओवादीले विपक्षी दलहरूको बैठक राखेको थियो । त्यसअघि माओवादी अध्यक्ष प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन ।

यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ ।

जेठ १५ गते पवपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका थिएनन् । त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?