+
आईसीसी क्रिकेट विश्वकप लिग २ :

आरिफको संयमित ब्याटिङमा नेदरल्याण्ड्सलाई नेपालको मध्यम लक्ष्य

२०८२ जेठ  २७ गते १९:३८ २०८२ जेठ २७ गते १९:३८
आरिफको संयमित ब्याटिङमा नेदरल्याण्ड्सलाई नेपालको मध्यम लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले २३६ रनको लक्ष्य राख्दै ५० ओभरमा ९ विकेट गुमाएर खेल समाप्त गर्यो।
  • आरिफ शेखले ८४ रन बनाएर सर्वाधिक योगदान दिए।
  • नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा जित निकालेको थियो।

२७ जेठ, काठमाडौं । आरिफ शेखले संयमित ब्याटिङ गर्दै ८४ रन बनाएपछि आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

डुनेडीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाउँदै २३७ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए । ८५ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे । उनी अन्तिम ओभरको तेस्रो बलमा बोल्ड आउट भएका थिए ।

त्यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन बनाए । कुशल भुर्तेलले १८ तथा दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए ।

नेदरल्याण्ड्सका लागि पल भान मिकेरनले १० ओभरमा ५८ रन दिएर ४ विकेट लिए । माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।

नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा जित निकालेको थियो ।

आईसीसी विश्वकप लिग २

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय