
News Summary
Generated by OK AI. Editorially reviewed.- अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन कीर्तिपुरमा जारी छ।
- प्रकाश पौडेलले अध्यक्ष पदको उम्मेदवारी दर्ता गरे।
- सहमतिको प्रयास विफल भएपछि निर्वाचनको घोषणा गरिएको हो।
२७ जेठ, काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्ष पदका लागि प्रकाश पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार, उनले केहीबेर अघि उम्मेदवारी दर्ता गराएका हुन् ।
अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन कीर्तिपुरमा जारी छ । सहमतिको अधिकतम प्रयास विफल भएपछि निर्वाचन हुन लागेको हो ।
अध्यक्षमण्डलका तर्फबाट मंगलबार बिहान सुजन कडरियालाई अध्यक्ष प्रस्ताव गरिएपछि विरोध भएको थियो ।
प्रतिनिधिहरूले हलमै नाराबाजी गरेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको थियो ।
२०६७ सालको जनकपुर महाधिवेशनमा प्रतिनिधि रहेका पौडेल तत्कालीन धवलागिरि अञ्चलमा केपी शर्मा ओली पक्षमा खुल्नेमध्ये अग्रभागमा थिए ।
२०७२ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा रहेका उनी हाल केन्द्रीय सचिव छन् ।
अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले आकांक्षा राखेका छन् ।
प्रतिक्रिया 4