+

अल्माडाको गोलमा अर्जेन्टिनाले हार टार्‍यो

२०८२ जेठ  २८ गते ७:५६ २०८२ जेठ २८ गते ७:५६
अल्माडाको गोलमा अर्जेन्टिनाले हार टार्‍यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्जेन्टिना र कोलम्बिया बीचको खेल १-१ को बराबरीमा सकियो।
  • खेलमा अर्जेन्टिनाले १० खेलाडीमा सीमित भएर पनि बराबरी गरे।
  • अर्जेन्टिना विश्वकपमा पहिले नै छनोट भइसकेको छ।

२८ जेठ, काठमाडौं । फिफा विश्वकप छनोटको दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार विहान भएको खेलमा अर्जेन्टिना र कोलम्बियाले बराबरी खेलेका छन् ।

दुवै टोलीले १-१ गोलको बराबरी खेले । १-० ले पछि परेको अवस्थाबाट अन्तिम समयतिर गोल फर्काउँदै १० खेलाडीमा सीमित अर्जेन्टिनाले हार टारेको हो ।

खेलको २४औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७०औं मिनेटमा एन्जो फर्नान्डेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिन १० खेलाडीमा सीमित भएको थियो ।

८१औं मिनेटमा पालसियसको असिस्टमा थियागो अल्माडाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि थप गोल भएनन् र खेल बराबरीमा सकियो ।

अर्जेन्टिना यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । अर्जेन्टिना १६ खेलमा ३५ अंक जोडेर शीर्षस्थानमा छ । कोलम्बियाको १६ खेलबाट २२ अंक छ र छैटौं स्थानमा छ ।

आजै भएका अन्य खेलम उरुग्वेले भेनेजुएलालाई २-० ले हराउँदा बोलिभियाले चिलीलाई २-० ले हरायो । योसँगै चिलीको विश्वकप सम्भावना नै समाप्त भएको छ ।

अर्जेन्टिना फिफा विश्वकप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय