+
+
Shares

त्रिविमा तोडफोड गरेको आरोपमा अर्का एक जना पनि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १५:५४

२८ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लोकेश कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

उनीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो । सोही घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् ।

यसअघि परिसरकै टोलीले भक्तपुरबाट दिक्पाल कार्कीलाई पनि पक्राउ गरेको थियो । तोडफोड घटनामा अहिलेसम्म पक्राउ पर्नेको संख्या दुई पुगेको छ ।

स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?