+
+
Shares

भिजिट भिसा प्रकरणविरुद्ध अभियान सुरु गरेर रास्वपाले तेस्रो वार्षिकोत्सव मनाउने

बिहीबार बिहान बसेको सचिवालय बैठकले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने नारासहित देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
  • बैठकले ७ असारमा पार्टीको तेस्रो वार्षिकोत्सव मनाउने र संसदीय गतिविधि सशक्त बनाउने निर्णय गरेको छ।
  • सचिवालयले नयाँ पदाधिकारी नियुक्ति र पार्टीको नीति तथा विचार विभाग प्रमुख चयन पनि गरेको छ।

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणविरुद्ध अभियान सञ्चालन गरेर तेस्रो वार्षिकोत्सव मनाउने भएको छ ।

बिहीबार बिहान बसेको सचिवालय बैठकले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने नारासहित देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियान सुरु हुनुअघि ७ असारको बिहान ७ बजे पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ ।

सचिवालय बैठका सभापति रवि लामिछानेमाथि लगाइएको ‘झुट्टा र प्रतिशोधपूर्ण’ मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे छलफल गर्ने निर्णय गरिएको छ । भिजिट भिसा काण्डमा अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ ।

७ असारमा पर्ने रास्वपाको पार्टी गठनको दिनमा यस अघिका दुई वर्ष रास्वपाले केन्द्रीय कार्यालयमा चियापान गरेर वार्षिकोत्सव मनाउने गरेको थियो ।

बैठकले नीति तथा विचार विभाग प्रमुख डा. स्वर्णिम वाग्ले, उपप्रमुख सन्तोष परियार मनोनीत गरेको छ । अभियान तथा प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी मनीष झाले पाएका छन् । केन्द्रीय सदस्य राजन गौतमलाई कृषि विभागको प्रमुख बनाउने निर्णय भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?