
News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले वैकल्पिक शक्तिहरूसँग संवाद गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
- पार्टीको पहिलो महाधिवेशन सफल बनाउन प्रदेशस्तरमा अभियान सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
- पार्टीले वैकल्पिक राजनीति पक्षधर, अभियन्ता र स्वतन्त्र समूहहरूलाई एक ठाउँमा ल्याउन नेतृत्वदायी भूमिका खेल्ने बताइएको छ।
५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक अन्य शक्तिहरूसँग संवाद गर्ने भएको छ । पार्टी सचिवालय बैठक बसेर सहकार्यका लागि संवाद कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको बैठकले वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूसँग सहकार्य गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो । ती शक्तिहरूलाई एकठाउँमा ल्याउनका लागि नेतृत्वदायी भूमिकाले खेल्ने बताइएको छ ।
‘विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने’ रास्वपाको निर्णयमा भनिएको छ ।
बैठकले पार्टीको पहिलो महाधिवेशन सफल बनाउन सातै प्रदेशकेन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4