News Summary
Generated by OK AI. Editorially reviewed.- नेदरल्याण्ड्सले १७४ रनको लक्ष्यसहित नेपालसँगको खेल जित्न प्रयास गर्यो।
- माइकल लेभिटले ८६ रनको आक्रमक पारी खेले र भान डर मर्वेले ३६ रन बनाए।
- नेपाली टोलीबाट भीम सार्कीले टी-२०आईमा डेब्यू गरे।
५ असार, काठमाडौं । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाउँदै नेपाललाई १७५ रनको लक्ष्य दिएको हो ।
नेदरल्याण्ड्सका लागि माइकल ओपनिङ ब्याटर लेभिटले ५३ बलमा ८६ रनको आक्रमक पारी खेले । उनले ६ चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले २१ बलमा ३६ रनको अविजित पारी खेले । एक समय ४५-४ को अवस्थामा रहेको नेदरल्याण्ड्सका लागि लेभिटले एकतर्फी रूपमा आक्रमण गर्दै साकिब जुल्फिकरसँग मिलेर ६३ रनको साझेदारी गरे ।
१२९-७ को स्कोर भएपछि भान डर मर्वेले आरु्यन दत्तसँग मिलेर ४५ रनको साझेदारी गर्दै टिमको स्कोर १७४ सम्म पुर्याए ।
नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । त्यस्तै दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले १-१ विकेट लिए ।
यस खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी-२०आईमा भीम सार्कीले डेब्यू गरेका छन् ।
प्रतिक्रिया 4