
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको रोशी खोलाको क्षतिग्रस्त पुलको बिक्रीमा संलग्न वडाध्यक्ष अशोककुमार गौतमलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
- प्रहरीले गौतमसहित अन्य व्यक्तिहरूलाई पक्राउ गरी मुद्धा चलाएको र फरार रहेका वडाध्यक्ष केसीलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको जानकारी दिएको छ।
- स्थानीयले वडाध्यक्षले सरकारी सम्पत्ति मनोमानी रुपमा बेचेको भन्दै उजुरी दिएपछि प्रहरीले ट्रक र ट्रक चालकहरूलाई नियन्त्रणमा लिएको थियो।
५ असार, काभ्रेपलाञ्चोक । काभ्रेको रोशी खोलाको क्षतिग्रस्त पुलका पाटपुर्जा बिक्री गर्न खोजिएको घटनामा पक्राउ परेका रोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष अशोककुमार गौतमलाई पुर्पक्षका लागि थुनामा गएका छन् ।
जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए ।
वडाध्यक्ष गौतमसहित टिपरचालक मानबहादुर तामाङ र रमेश तामाङ तथा कबाडी संकलकहरू मन्टुकुमार र जितेन्द्र पासवानलाई प्रहरीले गत १२ जेठमा पक्राउ गरेको थियो।
अदालतले वडाध्यक्ष गौतम र कबाडी व्यवसायी मन्टुकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने कवाडी व्यवसायीका कर्मचारी जितेन्द्र पासवानसँग २० हजार रुपैयाँ धरौटी माग भएको जिल्ला अदालतका स्रेस्तेदार राईले बताए ।
फैसला सँगै वडाध्यक्ष गौतम र कबाडी व्यवसायी मन्टुकुमारलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मीनबहादुर घलेले बताए। समान सहित समातिएका टिपरका चालकहरूलाई भने सरकारी वकिल कार्यालयले नै तारेखमा छाडेको छ ।
अनुसन्धानको क्रममा नमोबुद्ध नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष केसीको पनि संलग्नता देखिएपछि उनलाई पनि प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको छ। उनी भने फरार छन्।
गत असोजमा रोशी खोलामा आएको बाढीले रोशी गाउँपालिका वडा न ७ रघुचौरको झुलुङ्गे पुल बगाएको थियो । त्यस्तै रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका नागरिक आवतजावत गर्ने पक्की पुल समेत बगाएको थियो । उक्त बगाएको पुल रोशी–७ का वडा अध्यक्ष अशोक कुमार गौतमले कवाडीलाइ बेचेको आरोपमा प्रहरीले पक्राउ गरेर मुद्धा चलाएको थियो ।
सरकारी सम्पतिको सम्बन्धित पक्षसंग समन्वय नगरी वडा अध्यक्षले मनोमानी ढंगबाट बिक्रि वितरण गरेको भन्दै स्थानीय आक्रोशित भएका छन्। कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल वडा अध्यक्ष गौतमले बिक्रि गरेको भन्दै स्थानीयले उजुरी दिएका थिए ।
उजुरीको आधारमा कटुञ्जे प्रहरी चौकीका प्रमुख सई मनु सापकोटा नेतृत्वको टोलिले रोशी–७, थानसिङ्गबेशीबाट जेठ १२ गते राति कवाडीमा लान पुल लोड भएका बा ५ ख ४६२६ र बा २ ख ४००१ नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो।
प्रहरीले ट्रकसहित कवाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानलाइ नियन्त्रणमा लिएको थियो । साथै टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका–९ बर्ष ४७का मानबहादुर तामाङ र रोशी गाउँपालिका–८ बर्ष ४० का रमेश लामालाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
वडा अध्यक्ष गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले काभ्रे भन्ज्याङ्गबाट पक्राउ गरेको थियो । गौतमले कवाडी व्यवसायी मार्फत फलामको विक्री वापतको रकम मोवाईल बैकिङ्ग प्रणाली मार्फत भुत्तानी लिईसकेको व्यवसायी मन्टु कुमारले प्रहरीलाई बयान दिएका थिए । सोहि बयान र प्रमाणका आधारमा गौतमलाई पक्राउ गरिएको थियो । उनले दुईठाउँको पुल विक्री गरेका थिए ।
वडा अध्यक्ष गौतमले एकल निर्णयमा राज्यको सम्पति बेचेर आफ्नो निजी बैंक खातामा पैसा जम्मा गराएको भन्दै सोहि वडाका वडा सदस्य मानदोर्जे तामाङ लगायत स्थानीयले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी दिएका थिए ।
प्रतिक्रिया 4