
नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत ।
News Summary
Generated by OK AI. Editorially reviewed.- माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रीहरूको गैरजिम्मेवारीले संसद्को कार्यसूची प्रभावित भएको बताए।
- संसद बैठकमा उनले भने, ‘सरकार र मन्त्रीज्युहरूको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण केही मन्त्रालयको छलफललाई कार्यसूचीबाट हटाउनुपरेको छ।’
- उनले निर्धारित समयमा छलफल हुन नसकेका विषयमाथि फेरि समय लिएर छलफल गर्नुपर्ने माग गरे ।
६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रीको गैरजिम्मेवारीले संसद्को कार्यसूची प्रभावित भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन् ।
‘सरकार र मन्त्रीज्युहरूको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण हिजो पनि आज पनि केही मन्त्रालयहरूको छलफललाई कार्यसूचीबाट हटाउनुपरेको छ,’ उनले भने ।
सांसद बस्नेतले निर्धारित समयमा छलफल हुन नसकेका विषयमाथि फेरि समय लिएर छलफल गरिनुपर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4