+
+
Shares

भिजिट भिसा प्रकरणबारे कांग्रेस-माओवादी नेताहरूले गरे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १३:५७

६ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूबीच भिजिट भिसा प्रकरणबारे छलफल भएको छ ।

बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक तथा माओवादी केन्द्रका उपमहासचिवहरू वर्षमान पुन र शक्ति बस्नेतबीच भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउने विषयमा छलफल भएको हो ।

स्रोतले अनलाइनखबरलाई जानकारी दिएअनुसार, छानबिन समितिको मोडालिटी, टिओआर र समितिका सदस्यहरू बारे छलफल केन्द्रित थियो ।

‘हिजो हामीले सामान्य छलफल गर्‍यौं, जतिसक्दो छिटो छानबिन समिति बनाएर अघि बढ्ने विषयमा सहमति भएको छ,’ एक नेताले भने, ‘आज पनि बसेर समितिबारे थप छलफल गर्ने कुरा भएको छ ।’

बैठकमा माओवादी नेताहरूले पूर्ववतः सहमति अनुसार जतिसक्दो छिटो संसद खोल्नुपर्ने बताएका थिए ।

जवाफमा कांग्रेस नेताहरूले सकरात्मक प्रतिक्रिया दिएको स्रोतले बतायो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?