+
+
Shares

बलिउडमा एड सिरनको डेब्यु, शाहरुखको फिल्म ‘किङ’लाई गाए गीत

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अंग्रेजी गायक-गीतकार एडवर्ड क्रिस्टोफर सिरनले नयाँ गीत ‘सफायर’को भिडियो भारतमा छायांकन गरे।
  • सिरनले बलिउडमा आफ्नो गायन करियर सुरु गर्न र शाहरुख खानको फिल्मको लागि हिन्दी गीत गाउन इच्छुक रहेको बताए।
  • उनले पञ्जाबी संस्करणको गीत गाउँदै बीटीएस भिडियो सेयर गरे र फ्यानहरूले विश्वास गर्न सकिरहेका छैनन्।

मुम्बई । एडवर्ड क्रिस्टोफर सिरन । उर्फ एड सिरन । उनी एक अंग्रेजी गायक-गीतकार हुन् । उनी आफ्नो नयाँ गीत ‘सफायर’लाई लिएर सामाजिक सञ्जालको ट्रेन्डिङमा छन् ।

यो गीतमा भारतीय गायक अरिजीत सिंहले पनि आवाज दिएका छन् । शाहरुख खानको पनि विशेष उपस्थिती छ ।

सिरनले वर्षको सुरुवातमा भारतमा भएको ‘म्याथमेटिक्स टूर’को क्रममा उक्त भिडियो छायांकन गरेका थिए । यो गीत छायांकनको लागि भारतमा ३ साता बिताएको उनको भनाइ छ । जुन उनको अहिलेसम्मको सबैभन्दा लामो समय हो ।

यो गीत चर्चामा आएको केही दिनपछि सिरनले बलिउडमा आफू गायन करियर सुरु गर्न तयार भएको बताएका छन् । उनले शाहरुख खानको फिल्मको लागि हिन्दी गीतमा आफ्नो आवाज दिने बताएका छन् ।

सिरनले एक बीटीएस भिडियो सेयर गरेका छन् । यसमा उनी पञ्जाबी भाषामा गीत गाउँदै गायक अरिजीतसँग स्कुटर सवारीको आनन्द लिइरहेका छन् ।

उनको फ्यान क्लबले इन्स्टाग्राममा क्लिप सेयर गर्दै लेखेको छ, ‘पूरा पञ्जाबी संस्करणको लागि पर्खन सकिँदैन । एडको युट्युब च्यानलमा बीटीएस भिडियो हेर्नुहोस् । एडले त्यो भिडियोमा हिन्दी बोलेका थिए, त्यसैले मलाई थाहा छैन कि गीतको दोस्रो संस्करण हिन्दीमा हुनेछ वा पञ्जाबीमा ।’

जवाफमा एडले पोस्टमा प्रतिक्रिया दिँदै भने, ‘हिन्दी गीत शाहरुख खानको बलिउड फिल्मको लागि थियो । यो अरिजीतसँग ‘सफायर’को पंजाबी संस्करण हो । म हाल सबै भाषाहरूमा गाउँदै छु ।’

एडले यो पुष्टि गर्ने बित्तिकै, फ्यानले उनले शाहरुखको फिल्म ’किङ’को लागि गाउन सक्छन् भनेर विश्वास गर्न सकिरहेका छैनन् । फिल्ममा उनकी छोरी सुहाना खान, दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, अनिल कपूर, ज्याकी श्राफ, जयदीप अहलावत र अर्शद वारसीले अभिनय गरेका छन् ।

‘सफायर’को बीटीएस भिडियोमा गायक सिरनलाई हिन्दी स्टुडियोमा रेकर्डिङ गरेको देखियो जहाँ ’किङ’ निर्देशक सिद्धार्थ आनन्द पनि उपस्थित थिए, जसले फिल्म ’किङ’ मा एडको गीतको बारेमा अनुमानलाई अझ बढायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?