
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा उद्घाटन भएको ओभरपास जस्ता संरचनाहरू देशका अन्य भागमा पनि बनाउने घोषणा गरे।
- उहाँले ट्राफिक जाम अन्त्य गर्न र देशको पूर्व-पश्चिम राजमार्ग विस्तार गर्ने प्रयास भइरहेको बताए।
- प्रधानमन्त्री ओलीले देशको विकास बहुआयामिक रुपमा भइरहेको र केही व्यक्तिहरूलाई चिन्ता भए पनि विकास जारी रहने बताए।
६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा शुक्रबार उद्घाटन गरिएजस्ता ओभरपास उपत्यकाका अन्य ठाउँमा पनि बनाउने घोषणा गरेका छन् ।
शुक्रबार ग्वार्कोमा बनेको ओभरपास उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘सामान्य रुपमा होइन देशले गति लिन लागेको रुपमा हामीले हेरेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘चक्रपथ विस्तार गर्ने कुरामा पनि हामी लागेका छौं । यस्तै फ्लाइओभर र ओभरपास अन्य ठाउँमा बनाइन्छ ।’
उनले सरकारले ट्राफिक जाम अन्त्य गर्ने कोसिस गरिरहेको पनि सम्बोधनको क्रममा भने ।
‘देश विकासको बाटोमा कसरी अघि बढ्दैछ भन्ने जनताले देखिरहनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एशियाली स्टान्डर्डमा पूर्व पश्चिम राजमार्ग अघि बढाउने कुरा भएको छ ।
बहुआगामीक ढंगले चौतर्फी रुपमा देशको विकास गर्दैछौं ।’
उनले सरकारले एउटामात्रै क्षेत्रमा नभइ देशका अनेकन क्षेत्रमा विकासका कामहरू गरिरहेको दाबी पनि गरे ।
‘केही केही मान्छेलाई देश विकास भयो भन्ने चिन्ता छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकास हुँदैछ । हुन्छ ।’
प्रतिक्रिया 4