
News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु भयो।
- दुर्घटना सन्हैठामा साढे पाँच बजेतिर भएको थियो।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
६ असार, जनकपुरधाम । सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।
आज साँझ सवा ५ बजेतिर सिरहा नगरपालिका–१८ लक्षमिनिया स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ गइरहेको साइकल सन्हैठा नजिक एक आपसमा ठोकिँएको हो ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर–१२ का २९ वर्षीय नरेश मुखिया, पछाडि सवार कल्याणपुर नगरपालिका २ चतरीका २८ वर्षीय प्रदीप मुखिया र साइकल यात्री सिरहा नगरपालिका–२ का ६५ वर्षीय कुसे राय रहेका छन् ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार दुर्घटनामा तीनैजना गम्भीर घाइते भएका थिए ।
उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएकोमा तीनैजनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखेर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिक्रिया 4