
News Summary
Generated by OK AI. Editorially reviewed.- खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानी आपूर्ति हुने दाबी गरे।
- उहाँले बूढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न आयोजना उद्घाटन गरी मेलम्चीको पानी नियमित रुपमा वितरण हुने बताए।
- मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
७ असार, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकावासीका घरघरमा २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने दाबी गरेका छन् ।
आज बूढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको उद्घाटन तथा काठमाडौं उपत्यका खोपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अब वर्षा र हिउँदका कुनै पनि मौसममा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको अभाव भोग्नु नपर्ने भन्दै मेलम्चीको पानी दैनिक रुपमा वितरण गरिने बताए । ‘काठमाडौँवासीलाई स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति सुनिश्चित गर्न रिबर्मा खोलामा खानेपानी ट्याङ्की निर्माण गरी परीक्षण कार्यपनि सफल भएको छ । अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छ’, उनले भने ।
विगतका वर्षमा माघ महिनामा मात्रै काठमाडौँमा मेलम्चीको पानी आउने गरेको भए पनि अहिले असोज महिनामै पानी ल्याउन सफल भएको उनले बताए ।
मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिसत नागरिकलाई स्वच्छ र दिगो खानेपानी सेवाको पहुँच पुर्याउन आवश्यक रणनीति बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको पनि बताए ।
मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिका लागि मेलम्चीको विकल्प मेलम्ची नै भएको बताए ।
काठमाडौँ उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउनका लागि प्रयास जारी राखिएको उनको भनाइ छ ।
प्रतिक्रिया 4